
तिलोत्तमा सिटी न्युज, भदौ २७ गते २०७९। मन्जुश्री फाइनान्स लिमिटेडको आयोजनामा वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम न्यू इन्भार्मेण्ट कलेज भवनमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता मन्जुश्री फाइनान्स लिमिटेड शाखा कार्यालय मणिग्रामका प्रबन्धक प्रकाश पौडेलले गरेका थिए । त्यस्तै उक्त कार्यक्रमको प्रमुख अतिथिको न्यु इन्भार्मेंट कलेजका प्रिन्सिपल मधु प्रकाश ज्ञवालीले गरेका थिए । उक्त कार्यक्रममा ब्रान्च म्यानेजर प्रकाश पौडेल,बिडिवो बिशाल पाण्डे, पुस्पा गोदार, सुरज थापा, शिक्षक ध्रुव खरेल लगायत कलेजमा कक्षा ११ र १२ मा अध्ययन गर्ने एक सय भन्दा बढी बिद्यार्थीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मन्जुश्री फाइनान्स लिमिटेड शाखा कार्यालय मणिग्रामका ब्रान्च म्यानेजर प्रकाश पौडेल,बिडिवो बिशाल पाण्डे, पुस्पा गोदार, सुरज थापा लगायतले वित्तीय साक्षरताको अर्थ, महत्व, वित्तीय साक्षरताका विषयबस्तुहरु र उक्त शिक्षाको साथर्कता माथी प्रकाश पारेका थिए ।ब्रान्च म्यानेजर पौडेलले वित्तीय शिक्षाको माध्यमबाट नेपालको दुरदराजमा रहेका कृषकहरुको जिवनस्तर उकास्नका लागी उनिहरुसंग रहेको सिमित साधनको अधिकतम उपयोग गरी असीमित आवश्यकताहरुलाई प्राथमिकताको आधारमा पुरा गर्न ब्यवस्थित बजेट बनाउने तरिका सिकाउन तथा सीमीत साधनको व्यवस्थित परिचालन र उच्चतम सदुपयोग गर्ने कला, सीप र ज्ञान वित्तीय साक्षरताले प्रदान गर्ने कुरामा जोड दिए । उहाँले नेपालको सन्दर्भमा वित्तीय साक्षरता कार्यक्रम अत्यन्त आवश्यक रहेको कुरा जिकिर गर्दे उक्त शिक्षाले मात्र नेपालीहरुको बैंकिङ तथा फ़ाइनान्स पहुँचमा वृद्धि हुने र वित्तीय समावेशीकरणमा टेवा पुग्ने बताए ।
साथै बिडिवो बिशाल पाण्डेबाट डिजिटल बैंकिङ्ग तथा फाइनान्स सम्बन्धि थप जानकारी प्रदान गर्दै यस क्षेत्रका बासिन्दालाई घरघरबाट विद्यार्थीलाई डिजिटल प्रविधि मैत्री हुनको लागी आह्वान गरे । उहाँले उक्त कार्यक्रम मार्फत हाल फाइनान्सले प्रदान गर्दे आएको सेवासुबिधाहरु माथी प्रकाश पार्दे फाइनान्सको सहकार्यमा लागि बित्तिय सदुपयोग गर्न अपिल समेत गरे ।
कमेन्ट गर्नुहोस्