लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेप्से गिरावट, कारोबार करोडमा झर्‍यो

IMG

तिलोत्तमा सिटी न्युज, भदौ २६  गते २०७९। सेयर बजारमा परिसूचक नेप्सेसँगै कारोबार रकम पनि लगातार घट्दै गएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से ११.४७ अंक (०.५९ प्रतिशत) ले गिरावट भएर १९२६.२८ अंकमा बन्द भएको छ ।


बजार परिसूचक नेप्सेसँगै अधिकांश उपसूचकमा गिरावट हुँदा अन्य उपसूचक भने ०.२९ प्रतिशतले वृद्धि भएको छ । नेप्सेसँगै कारोबार रकम पनि ओरालो लागेको छ। आइतबार बजारमा कारोबार रकम करिब ७५ करोडभन्दा झरेको छ । आइतबार २५ लाख २४ हजार २२४ कित्ता सेयर किनबेच हुँदा ७४ करोड ७२ लाख २६ हजार ६२५ रुपैयाँको कारोबार भएको छ । गत साता बुधबार ८२ करोड र सोमबार ९० करोडमा सीमित भएको कारोबार रकम आइतबार त्यसभन्दा पनि घटेको छ ।


आइतबार कारोबार भएकोमध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्सको सर्वाधिक ३ करोड ९५ लाख ७८ हजारको कारोबार हुँदा नबिल बैंकको ३ करोड १७ लाख ५१ हजारको कारोबार भएको छ । आइतबार कारोबार अवधिभर कुल १८९ कम्पनीको सेयर कारोबार हुँदा १५६ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै २६ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ७ कम्पनीको सेयर मूल्य स्थिर भएको छ ।


आइतबार कारोबार भएको कम्पनीमध्ये मैलुङ खोला जलविद्युत् कम्पनीको सेयर मूल्य ४.५६ प्रतिशतले वृद्धि हुँदा सामुदायिक लघुवित्तको सेयर मूल्य ३.८९ प्रतिशत र दोर्दी खोला जलविद्युत् कम्पनीको २.३१ प्रतिशतले वृद्धि भएको छ ।यता सानिमा लार्ज क्याप फण्डको इकाइ मूल्य ५.३७ प्रतिशतले गिरावट हुँदा छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्य ५.३३ प्रतिशतले गिरावट भएको छ ।

कमेन्ट गर्नुहोस्