लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

१ अर्ब लगानीमा तिलोत्तमाको मुटु मणिग्राममा एनजी मार्केट सञ्चालन

IMG

तिलोत्तमा सिटी न्युज, भदौ २५ गते २०७९। रुपन्देहीको तिलोत्तमा वडा नम्बर ५ मणिग्राम कफिकम्पनीमा एनजी मार्केट सञ्चालन गरिएको छ ।एउटै छानामुनिबाट सबै प्रकार समानहरु उवलब्ध गराउने गरी एनजी मार्के शुरु गरिएको हो।घरायसी लगायतका सबै समानहरु विक्री वितरण गर्ने गरी सुपर मार्केटको रुपमा एनजी मार्केट सञ्चालन गरिएको बुधबार पत्रकमर सम्मेलन गरी जानकारी गराइएको छ।


एनजी मार्केटका सञ्चालक आवास बञ्जाडेले उक्त मार्केट पूर्णरुपले सञ्चालनका लागि १ अर्ब बढी लगानी लाग्ने जानकारी गराएका छन् ।गत बैशाख १ गतेदेखि सञ्चालनमा आएको उक्त एनजी मार्केटको अझै केही भौतिक संरचना बन्दै गरेकाले १ अर्बमा बढी लगानी लाग्ने सञ्चालक बञ्जाडेले बताए । उक्त मार्केट भित्र खाद्यान्न, फर्निचर, कपडा, जुत्ता, चप्पल,गार्मेण्ट, शैलुन, बुटिक, रेष्टुरेण्ट क्याफे लगायत सबै प्रकारका पसलहरु रहने छन् ।


साथै सबै संस्कार र धर्मसंग जोडिएका बस्त्र तथा कपडाहरु पनि उपलब्ध गराइृने छ।सञ्चालक बञ्जाडेका अनुसार उपभोक्तालाई गुणस्तरीय र सस्तामा समान उपलब्ध गराउनका लागि कसरी सस्तोमा समान उपलब्ध गराउन सकिन्छ भन्ने विषयमा अध्ययन भैरहेको छ ।सुनौली जाने नेपालीलाई रोक्ने गरी एनजी मार्केट सञ्चालन गरिने र सुनौलीमा दिने दररेटमा सबै प्रकार समानहरु उपलब्ध गराउने अर्का सञ्चालक नारायण बञ्जाडेले बताए।


नेपाली उपभोक्तालाई सुनौली जानबाट रोके मात्रै दैनिक लाखौ रुपैयां नेपाली पैसा नेपालमै रोकिने र भएकाले सुनौली जानबाट रोक्ने गरी मार्केट सञ्चालन गर्ने नारायण बञ्जाडेले प्रतिवद्वता जनाएका छन् । एनजी मार्केट सञ्चालनका लागि ढाई विघा जमिन प्रयोग गरिएको छ ।

कमेन्ट गर्नुहोस्