लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अर्थतन्त्र सुधार हुन्छ, तर सजग हुनुपर्छ : गभर्नर अधिकारी

tillotmacitynews - 2022 Sep 03 04:10 PM
IMG

तिलोत्तमा सिटी न्युज, भदौ १८ गते २०७९।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारको बाटोमा रहेको तर अझै पनि सजग हुनुपर्ने बताउनुभएको छ ।नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २४ औँ वार्षिक साधारण सभामा गभर्नर अधिकारीले अहिले बाह्य श्रम बजार खुल्दै गएको, रेमिट्यान्स केही बढेको, पर्यटन क्षेत्रमा सुधार तथा पर्यटक बढेको, निर्यातमा केही वस्तु बढेको र विद्युतको पनि निर्यात भैरहेको अवस्थामा अर्थतन्त्र सुधारिन थालेको बताउनुभयो ।


उहाँले गएको वर्षदेखि नै नेपालको अर्थतन्त्र दबावमा रहनुको मुख्य कारण विदेशी विनिमय सञ्चिति घट्नु रहेको बताउनुभयो । गभर्नर अधिकारीले गएको बैशाखदेखि नै केही वस्तुको आयातमा रोक लगाएको भन्दै अवस्था हेरेर आयात खोल्ने तयारी रहेको पनि जानकारी दिनुभयो ।‘अहिले अवस्था केहि सहज छ, उहाँले भन्नुभयो,‘ हिजोको अवस्थाबाट पाठ सिकेर तत्कालै आयात खुला गर्नु हुन्न ।’ उहाँले अहिले विश्व नै मूल्यवृद्धिको चपेटामा परेको यसले नेपालमा समेत असर पारेको बताउनुभयो । मूल्यवृद्धिका कारण अर्थमन्त्री र गभर्नरलाई दबाव बढेको उहाँको भनाइ छ । उहाँले अर्थतन्त्रबारेका सही आर्थिक सूचना नागरिकमाझ पुर्‍याउन जरुरी रहेकोमा पनि जोड दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्