लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

साइन रेसुंगा बैंक मणिग्रामको बित्तिय साक्षरता कार्यक्रम सम्पन्न

tillotmacitynews - 2022 Aug 24 04:17 PM
IMG

तिलोत्तमा सिटी न्युज, भदौ ८ गते । साइन रेसुंगा डेभलपमेन्ट बैंक मणिग्रामले १ दिने बित्तिय साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । बैंकले न्यु इनभाइरमेन्ट बोर्डिंग स्कुल तिलोत्तमा ५ मणिग्राममा कक्षा १२ मा अध्ययनरत बिद्यार्थीहरुलाई बित्तिय साक्षरता कार्यक्रम सम्बन्धि तालिम प्रदान गरिएको हो । कार्यक्रममा बिद्यार्थीहरुलाई बित्तिय साक्षरता भनेको के हो ? बित्तिय जानकारी, बैंकिंग कारोबार तथा डिजिटल बैंकिंग कारोवार बारे जानकारी तथा सहजीकरण गरिएको मणिग्राम शाखाका डिजिटल बैंकिंग अफिसर नारायण न्यौपानेले जानकारी दिएका छन् । कार्यक्रममा बैंकका डिपोजिट विभागका राजेन्द्र कुमार वाग्ले, साइन रेसुंगा बैंकका मणिग्राम शाखा प्रमुख भरत खरेल लगायतको उपस्थिति रहेको थियो । 

कमेन्ट गर्नुहोस्