
तिलोत्तमा सिटी न्युज, भदौ १ गते २०७९। रुपन्देही व्यापार संघ हार्डवयर वस्तुगत उपसमितिको आयोजनामा बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा संघको सचिवालयमा आयोजित कार्यक्रममा ४८ युनिट रगत संकलन भएको संघले जनाएको छ ।कार्यक्रमको उद्घाटन गर्दै संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले व्यापार संघले व्यवसायीक हकहितका लागि मात्र आफ्नो अभियान नगरेर सामाजिक उत्तरदायीत्व समेत निर्वाहा गर्न प्रतिवद्धता जनाउदै आएको स्मरण गराउनु भयो । उहाँले रक्तदान जस्तो महादान अरु नभएको चर्चा गर्दै रक्तदानको महत्वका बारेमा व्यवसायीहरुले पनि जनचेतनाका कार्यक्रमहरु आयोजना गर्न सुझाव दिनु भयो । उहाँले संस्थाले गरेका मानविय कार्यलाई निरन्तरता दिदै व्यवसायीक हकहितका लागि एक भएर लाग्न आग्रह गर्नु भएको थियो ।
संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरेले वस्तुगत समितिहरु संस्थाको अभिन्न अंग भएका कारण संघलाई बलियो बनाउन र गतिविधिहरु गर्न सहयोगिकको भूमिका निर्वाहा गर्न आग्रह गर्नु भयो । उहाले रगतको अभावमा धेरैजनाको ज्यान जाने गरेको उल्लेख गर्दै रक्तदान कार्यक्रमलाई नियमित बनाउने तर्फ लाग्न सुझाव दिनु भयो । उहाले रुपन्देही व्यापार संघले बुटवलमा मेघा प्रोजेक्टका रुपमा रक्त संकलन केन्द्र स्थापनाको अभियान थालेको सो अवसरमा जानकारी पनि गराउनु भएको थियो ।
कार्यक्रममा उपसमितिका संयोजक विष्णुप्रसाद पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रममा संघका पूर्व अध्यक्ष मोतिलाल पाण्डे, निवर्तमान अध्यक्ष यमलाल लोहनी, वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारी, प्रथम उपाध्यक्ष प्रकाश ढकाल, महासचिव दयानिधि भण्डारी, कोषाध्यक्ष नामदेव पाण्डे लगायतले बोल्दै रक्तदान जस्तो मानवीय सेवाको काम गर्न अपिल गर्नु भएको थियो । कार्यक्रममा उपसमितिका सह–संयोजक विष्णु पन्थले स्वागत र सचिव पारसमणि पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
कमेन्ट गर्नुहोस्