लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चीनले किन बन्द गर्‍यो तातोपानी र रसुवागढी नाका ?

IMG

तिलोत्तमा सिटी न्युज, साउन २६ गते २०७९। चीनले नेपालतर्फका दुवै स्थल नाका बन्द गरेको छ । चीनको तिब्बत क्षेत्रमा कोभिड-१९ संक्रमण बढेको भन्दै तातोपानी र रसुवागढी नाका चिनियाँहरुले बन्द गरेको त्यहाँस्थित नेपाली भन्सार कार्यालयहरुले जनाएका छन् । रसुवागढी नाकाबाट गत शनिबार र तातोपानी नाकाबाट बुधबारदेखि मालसामान आउन बन्द भएको त्यहाँका भन्सार प्रमुखहरुले बताएका छन्   । केही दिन अघिसम्म एक दुई वटा कन्टेनर आइरहेकामा बुधबार चिनियाँहरुले नाका बन्द गरेको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक नारद गौतमले बताए । ‘औपचारिक कुनै जानकारी छैन, कोभिड-१९ बढेको मात्रै भनेको छन् । 



बुधबारदेखि नाका बन्द भएको छ,’ गौतमले भने, ‘सोमबार/मंगलबारसम्म नाका भएर २/३ वटा मालबहाक सवारी साधन आए पनि त्यो अखहिले ठप्प छ ।’ तिब्बतमा कोरोना संक्रमण बढेका कारण ल्हासाबाट खासातर्फ कुनै पनि सवारी साधन नपठाइएको जानकारी प्राप्त भएको उनले बताए । तर, यसबारे चिनियाँहरुले कुनै पनि जानकारी नाकामा नगराएको उनको भनाइ छ । यता रसुवाको रसुवागढी नाका पनि बन्द भएको रसुवागढी भन्सार प्रशासक डा. रामप्रसाद मैनालीले बताए । नाका भएर शनिबारदेखि मालसामान आयात नभएको उनको भनाइ छ । ‘तिब्बततर्फ लकडाउन भएको अपुष्ट जानकारी आएको छ । शनिबारदेखि रसुवागढी नाका ठप्प छ,’ मैनालीले भने , ‘तर हामीलाई कुनै पनि औपचारिक जानकारी दिइएको छैन ।’ चित्र : रसुवागढी नाका/फाइल तस्वीर



कमेन्ट गर्नुहोस्