लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पोखरामा अन्तर्राष्ट्रिय उडानको अन्तिम तयारी

IMG

तिलोत्तमा सिटी न्युज, साउन २५ गते २०७९। भैरहवाको गौतमवुद्ध विमानस्थलपछि पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि अन्तर्राष्ट्रिय उडान सुरु गर्ने तयारीमा छ । भौतिक संरचना निर्माण र केही उपकरण जडानको काम बाँकी नै रहे पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले १ जनवरी २०२३ लाई विमानस्थलको व्यवसायिक उद्घाटन गर्ने गरी मिति तोकेको छ । अर्थात् अबको करिब पाँच महिनापछि पोखरामा विदेशबाट समेत सिधै उडान–अवतरण हुनेछ । नियमित उडान सुरु गर्नुअघिका सबै प्राविधिक पक्ष यो पाँच महिनाको अवधिमा सक्ने गरी सरकारले तयारी गरिरहेको छ । बुधबार विमानस्थलको अनुगमनमा पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले १ जनवरीअघि सबै तयारी सक्ने बताए ।

कमेन्ट गर्नुहोस्