लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राष्ट्र बैंकले साढे ६ अर्बको ट्रेजरी बिल खरिद गर्यो

tillotmacitynews - 2022 Aug 09 10:17 PM
IMG

तिलोत्तमा सिटी न्युज, साउन २४ गते २०७९। बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिलको उच्च ब्याजदर प्रस्ताव गरेपछि राष्ट्र बैंक आफैंले खरिदको काम जारी राखेको छ ।२३ साउन सोमबारको लागि राष्ट्र बैंकले ७ अर्ब १० करोड बराबरको ९१ दिने अवधिको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोलमा ल्याएको थियो ।उक्त ट्रेजरी बिल खरिदको लागि २७ बैंक तथा वित्तीय संस्थाले १९ अर्ब ८१ करोडको लागि बोलकबोल पेश गरेका थिए । तर, राष्ट्र बैंकले जम्मा ५९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बैंकहरुलाई दिएर ६ अर्ब ५१ करोड आफैंले खरिद गरेको छ ।राष्ट्र सोमबारको ट्रेजरी बिलको डिस्काउन्ट रेट न्युनतम १०.४७४९ प्रतिशत र अधिकतम १०.५०९० तथा औसत १०.४७७९ प्रतिशतमा स्वीकार गरेको छ ।


मौद्रिक नीतिपछि बैंकहरुले अल्पकालिन ब्याजदरमा भारित वृद्धि गर्दै ट्रेजरी बिलमा १४ प्रतिशतसम्म ब्याजदर बोलकबोल पेश गरेपछि राष्ट्र बैंकले हस्तक्षेप गरेर आफैं ट्रेजरी बिल खरिद गर्न लागेको छ । १७ साउनमा ९१ दिन अवधिको ५ अर्ब १० को ट्रेजरी बिल नवीकरणको लागि बोलकबोलमा ल्याएकोमा १२ करोड बैंकहरुलाई दिएर ४ अर्ब ९८ करोड राष्ट्र बैंक आफैंले खरिद गरेको थियो । सोही दिन १८२ दिन अवधिको ५ अर्बको ट्रेजरी विल नविकरणको लागि बोलकबोलमा ल्याएको १० करोड मात्रै बैंकहरुलाई दिएर ४ अर्ब ९० करोड राष्ट्र बैंकले नै खरिद गरेको थियो ।


सरकारले एक वर्षभन्दा कम समयको लागि लिने ऋणपत्रलाई ट्रेजरी बिल भनिन्छ । ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् । साभार अनलाईन खबर

 


कमेन्ट गर्नुहोस्