लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेप्से परिसूचक ४३.३५ अंकले घट्यो, २ अर्ब ८१ करोडको कारोबार

IMG

तिलोत्तमा सिटी न्युज, साउन २४ गते २०७९। नेप्से घट्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ। मंगलबार नेप्से परिसूचक ४३.३५  अंकले घटेको छ। यस दिन नेप्से परिसूचक २.०६ प्रतिशतले घटेर २०६२.८० बिन्दुमा पुगेर बन्द भएको छ। मंगलबार कारोबारमा आएका २२२ वटा धितोपत्र तथा ऋणपत्रको २ अर्ब ८१ करोड ५१ लाख ४४ हजार ५९८ रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ। 


सोमबारको तुलनामा आज कारोबार रकम पनि घटेको छ। सोमबार २ अर्ब ८५ करोड ७० लाख ७२ हजार ९६१ रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको थियो।मंगलबार  हिमालयन हाइड्रोपावर सेयर मूल्य सर्वाधिक बढेको छ। यस दिन उक्त कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य २७५ रुपैयाँ कायम भएको छ। त्यस्तै, दोस्रोमा गुराँस लघुवित्तको सेयर मूल्य ६.३६ प्रतिशतले बढेर अन्तिम मूल्य प्रतिकित्ता एक हजार १७० रुपैयाँ कायम भएको छ। यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा गणपति लघुवित्त र घलेम्दी हाइड्रो रहेको छ। गणपति लघुवित्तको सेयर मूल्य ७.२७ प्रतिशत र घलेम्दी हाइड्रोको सेयर मूल्य ६.६८ प्रतिशतले घटेर अन्तिम मूल्य क्रमशः ९६९ र २३३ रुपैयाँ कायम भएको छ। 



मंगलबार सर्वाधिक सेयर खरिद–बिक्री नागरिक लगानी कोषको भएको छ। कम्पनीको १५ करोड १० लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो। सो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७६४ रुपैयाँ कायम भएको छ।  उक्त कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेकाले सर्वाधिक कारोबार भएको हो। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुधबार बुक क्लोज गर्दैछ। आजसम्म कायम सेयरधनीले मात्र कम्पनीको साधारण सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्छन्। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। यस दिन उक्त कम्पनीको प्रतिकित्ता मूल्य ७५१ रुपैयाँमा १३ करोड ८ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १.७० प्रतिशतले घटेको हो।


 त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।




कमेन्ट गर्नुहोस्