लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा साढे १२ लाखसहित एक जना पक्राउ

IMG

तिलोत्तमा सिटी न्युज, साउन १७ गते २०७९। रुपन्देही प्रहरीले श्रोत नखुलेको साढे १२ लाख रुपैया सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सहायक सूचना अधिकारी बेद बहादुर पौडेलका अनुसार पक्राउ पर्नेमा भारत महाराजगंज जिल्ला जुगौली (सुनौली) बस्ने ४६ बर्षिय आशी साहु रहेका छन् ।


ईलाका प्रहरी कार्यालय बेलहियाको टोली भैरहवा बाईपासमा चेकजाँचमा रहेको थियो । सोही क्रममा लु६प ७१२९ नम्बरको मोटरसाईकलमा रहेका साहुलाई शंका लागी चेकजाँच गर्दा श्रोत नखुलेको उक्त रकम फेला परेको पौडलले जनाए । प्रहरी निरिक्षक पौडेलका अनुसार पक्राउ परेका साहुबाट १ हजारका १ हजार १ सय थान नोट (११ लाख रुपैया) र ५ सयका ३ सय थान नोट (१ लाख ५० हजार) गरि जम्मा १२ लाख ५० हजार रुपैया फेला परेको हो ।


फेला परेको रकम, मोटरसाईकल र पक्राउ परेका साहुलाई थप कार्यवाहीको लागी भैरहवा भन्सार कार्यालय बुझाईएको सहायक सूचना अधिकारी पौडेलले बताए ।

कमेन्ट गर्नुहोस्