लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

४ सयले घट्यो सुनको मुल्य

IMG

तिलोत्तमा सिटी न्युज, साउन १६ गते २०७९। सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ । सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४ सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।


आइतबार छापावाल सुन प्रतितोला ९५ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी १२ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज अघिल्लो दिनको तुलनामा प्रतितोला १०  रुपैयाँ घटेको हो।

कमेन्ट गर्नुहोस्