लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेप्से ५४. ५८ अंकले बढ्यो, ४ अर्ब ६० करोडको कारोबार

IMG

तिलोत्तमा सिटी न्युज, साउन १५ गते २०७९।  साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से ५४. ५८ अंक बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ५४.५८ अंकले बढ्दै २१ सय ९५.१० अंकमा उक्लिएको हो । आज कुल ४ अर्ब ६० करोड रुपैयाँको कारोबार भएको छ । 



१३ वटा उपसूचक मध्ये फाइनान्स उपसमूह १.६ प्रतिशतले घटेको छ  घटेको छ भने अरु सबै  उपसूचकहरु बढेका छन् ।


 इनभेष्टमेन्ट समूहको उसूचक ४.७६ प्रतिशतले,  निर्जीवन बीमा समूहको उपसूचक आज ४.५१ प्रतिशतले, जीवन बीमा समूहको उपसूचक ४.१६ प्रतिशतले, ट्रेडिङ समूहको उपसूचक ३.६२ प्रतिशतले, अन्य समूहको उपसूचक ३.२६ प्रतिशतले, बैंकिङ समूह २.९२ प्रतिशतले, होटल तथा पर्यटन समूह २.७ प्रतिशलते बढेका छन् । 



उच्च अंकले बढेको बजारमा आज ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने दुई दर्जन भन्दा बढी कम्पनीको मूल्यमा ६ प्रतिशत माथिले वृद्धि भएको छ ।

कमेन्ट गर्नुहोस्