लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सुनको मूल्य ९५ हजार ८ सय रुपैयाँ

IMG

तिलोत्तमा सिटी न्युज, साउन १५ गते २०७९। आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँ बढेको छ। 


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला  सुन प्रतितोला ९५ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, आज चाँदी प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ। 



शुक्रबार सुन प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा र चाँदी भने प्रतितोला १२ सय २० कारोबार भएको थियो। 

कमेन्ट गर्नुहोस्