
तिलोत्तमा सिटी न्युज, साउन १३ गते २०७९। शुक्रबार बजारमा सुन–चाँदीको मूल्य बढेको छ। बिहिबार रु ८०० ले बढेको सुनको मूल्य आज पनि रु ८०० ले बढेको । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ३५ रुपैयाँले बढेर १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
कमेन्ट गर्नुहोस्