लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

.नेप्से १२ अंकले बढ्यो

IMG

तिलोत्तमा सिटी न्युज, साउन १३ गते २०७९। शुक्रबार सेयर बजार परिसूचक नेप्सेमा १२ अंक माथिको वृद्धि भएको छ । अघिल्लो दिन १५ अंकले बढेको बजारमा शुक्रबार थप १२.९२ अंकले बढ्दै नेप्से सूचक २१ सय ४०.३९ विन्दुमा उक्लिएको हो । दुई घण्टा खुलेको बजारमा आज सेन्सेटिभ इन्डेक्स समेत ३.८६ अंकले बढ्दै ४०९.४८ अंकमा उक्लिएको छ । 



यस दिन हाइड्रोपावर, निर्जीवन बीमा र म्युचुलअल फन्ड बाहेक अन्य सबै उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी आज डेभलपमेन्ट बैंक समूहको उपसूचक ४.६५ प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन समूहको उपसूचक ३.८४ प्रतिशतले बढेका छन् । 

कमेन्ट गर्नुहोस्