
तिलोत्तमा सिटी न्युज, साउन ९ गते २०७९। सेयर कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक ५४.४५ अंकले बढेको छ। नेप्से परिसूचक २१३२.९६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । सोमबार सबै समूहहरु हरियाली बनेका छन् । आइतबारको तुलनामा कारोबार रकम पनि वृद्धि भएको छ।
आज ४ अर्ब १० करोड ६८ लाख १८ हजार रुपैयाँ बराबरको सेयर खरिदिबिक्री भएको छ । सबैभन्दा बढी शिवम् सिमेन्टको सेयर कारोबार भएको छ ।सोमबार कम्पनीको १५ करोड २९ लाख २५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार रकमकै आधारमा दोस्रो स्थानमा रहेको अरुण कावेली पावरको १४ करोड ५१ लाख १५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
यस्तै, नेपाल टेलिकमको ११ करोड ५१ लाख ७ हजार, हिमालयन डिस्टीलरीको ११ करोड ४९ लाख ८४ हजार र अपर तामाकोशीको १० करोड ६० लाख ३१ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
यसदिन २१४ कम्पनीको ९९ लाख ४४ हजार ४८ कित्ता सेयर ४ अर्ब १० करोड ६८ लाख १८ हजार ९४१ रुपैयाँमा खरिदबिक्री भएको छ ।
कमेन्ट गर्नुहोस्