लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मौद्रिक नीतिपछिको सेयर बजार : ६१ अंकले बढ्यो

IMG

तिलोत्तमा सिटी न्युज, साउन ८ गते २०७९। मौद्रिक नीतिपछिको पहिलो दिन नै सेयर बजारमा उत्साहजनक वृद्धि आएको छ । गत शुक्रबार नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको थियो । यसपछि आइतबार खुलेको बजारमा एकैदिन ६१ अंकको वृद्धि आएको हो । आइतबार नेप्से ६१.०५ अंक (३.०३ प्रतिशत) ले वृद्धि भएर २०७८.५१ अंकमा बन्द भएको छ। नेप्सेसँगै सबै उपसूचककमा हरीयाली हुँदा कारोबार रकम पनि बढेको छ ।आज २ अर्ब ७३ करोड ९ लाख माथिको कारोबार भएको छ । 




यस दिन सबै उपसूचक बढेर बजार नै हरियाली भएको छ । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ७.२२ प्रतिशतले वृद्धि भएको छ भने डेभलपमेन्ट बैंक समूहको उपसूचक ५.१ प्रतिशतले, ट्रेडिङ समूह ४.४४ प्रतिशतले, माइक्रोफाइनान्स समूहको उपसूचक ३.९१ प्रतिशतले, हाइड्रोपावर समूह ३.६८ प्रतिशतले, इन्भेष्टमेन्ट समूहको उपसूचक ३.२१ प्रतिशतले बढेको छ । यस्तै, होटल तथा पर्यटन समूह २.७५ प्रतिशतले, जीवन बीमा समूह २.१६ प्रतिशतले, बैंकिङ समूह १.६७ प्रतिशतले, म्यानु एण्ड प्रो १.९४ प्रतिशतले निर्जीवन बीमा समूह १.४५ प्रतिशतले र म्युचुअल फन्ड १.१६ प्रतिशतले बढेको छ । यस दिन तीन वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने दुई दर्जन भन्दा माथिका कम्पनीको सेयर मूल्यमा ६ प्रतिशतले बढेको छ । 



मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जा प्रतिव्यक्ति एक बैंकबाट अधिकतम ४ करोडको सिमा हटाएर प्रतिव्यक्ति १२ करोडको सीमा मात्रै कायम गर्ने बताएको छ । त्यस्तै २५ लाखसम्मको कर्जामा जोखिम भार १५० प्रतिशतबाट १०० प्रतिशत कायम गर्ने बताएको छ । 

कमेन्ट गर्नुहोस्