
तिलोत्तमा सिटी न्युज, साउन २ गते २०७९ । सोमबार सुन-चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको जानकारी दिएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ पुगेको छ भने तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ छ । हिजो आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ थियो ।
यसैगरी, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला ११ सय ६५ रुपैयाँ पुगेको छ । जुन, हिजो प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
कमेन्ट गर्नुहोस्