लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भारतीय होटल ओमात्राको ब्राण्ड नेपालमा

IMG

तिलोत्तमा सिटी न्युज, साउन २ गते २०७९ । भारतको एकमात्रा ठुलो हस्पिटालिटी ओमात्राको ब्राण्ड नेपालमा प्रवेश गरेको छ । भारतको पर्यटन क्षेत्रमा महत्वपुर्ण भुमिका खेल्दै आइरहेको ओमात्राले नेपालमा पनि आफ्नो ब्राण्ड शुरुगरे पछि पर्यटक क्षेत्रमा  गुल्जार आउने  पर्यटन व्यवसायीहरु बताउँछन् । नेपालमा पर्यटन क्षेत्रको विकासमा ओमात्राको आगमन संगै विदेशी र स्वदेशी पर्यटकहरुलाई गुणस्तरिय सेवा सुविधा प्राप्त हुने अपेक्षा गरिएको छ । ओमात्रा ब्राण्डले नेपालमा होटल तथा हस्पिटालिटी क्षेत्रमा लामो अनुभव भएका सुनिल श्रेष्ठलाई कन्ट्रीहेडको जिम्मेवारी प्रदान गरेको छ । त्यस्तै पर्यटन क्षेत्रमा लामो समय काम गरेका युवराज पाण्डेलाई एरिया डाइरेक्टर नियुक्ती गरेको छ । पर्यटन बजारमा काम गरेकी सालु कुवँरलाई कलस्टर सेल्स हेडको जिम्मेवारी दिएको ओमात्राका संस्थापक सैयद अब्बास ले जानकारी दिए ।  नेपाली अर्थतन्त्रको बलियो खम्बाको रुपमा रहेको पर्यटनक्षेत्रलाई चलाएमान बनाउनका लागि ओमात्राको आगमनले थप इटा थपेको होटल व्यवसायीहरुले बताउँछन्।


सन् २०१५ देखि होटल तथा हस्पिटालिटी म्यानेजमेन्टको थालनी गरेको ओमात्राले भारतमा ३० वटा स्टार होटलहरु सञ्चालनमा ल्याएको छ । भारत बाहेक नेपाल र थाईल्याण्डमा समेत ओमात्राले आफ्नो ब्राण्ड पुराएको ओमात्राका नेपाल कन्ट्रीहेड सुनिल श्रेष्ठले जानकारी दिए ।पर्यटन क्षेत्रलाई आर्थिक चलायमान बनाउने र गुणस्तरिय सेवा प्रदान गर्ने मुख्य उद्धेश्य रहेको ओमात्राले आगामी दिनमा नेपालका मुख्य पर्यटकिय क्षेत्रमा आफ्नो उपस्थित जनाउने बताएको छ ।पर्यटकलाई सर्वसुलभ, गुणस्तरिय र शान्ता वातारण प्रदान गर्दै आएको ओमात्राको म्यानेजमेन्टले भविष्यमा विश्व बजारमा पर्यटनक्षेत्रको विकासमा महत्वपुर्ण भुमिका खेल्न सक्ने देखिएको छ ।


कमेन्ट गर्नुहोस्