
तिलोत्तमा सिटी न्युज, असार २८ गते २०७९ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनको मूल्य घटेको जानकारी दिएको छ । हिजो तोलामा १०० रुपैयाँले घटेको सुनको मूल्य आज पुन २०० ले घटेको महासंघले जनाएको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ छ । हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९४ हजार २०० रुपैयाँ थियो ।
यसैगरी, हिजो स्थिर रहेको चाँदीको मूल्य आज भने घटेको छ । हिजो ११ सय ८५ रुपैयाँ मा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले घटेको छ । यससँगै, आज चाँदीको मूल्य प्रतितोला ११ सय ७५ रुपैयाँ छ ।
कमेन्ट गर्नुहोस्