लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तरलता अभाव चर्किदोः बैंकहरूको असुलीमा पनि समस्या

IMG

तिलोत्तमा सिटी न्युज, असार २८ गते २०७९ । दोस्रो त्रैमासदेखि नै बैंक तथा वित्तीय संस्थामा देखिएको लगानी योग्य पुँजी (तरलता) को अभाव प्रभाव असार मसान्तमा देखिन लागेको छ । आर्थिक वर्षको अन्तिममा बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी रोकेर कर्जा असुली (रिकभरी) लाई प्राथमिकतामा राख्ने गर्छन् । तर यस वर्ष उनीहरुको असुली प्रभावित भएको छ । बजारमा पुँजी अभाव, घर जग्गा क्षेत्रको मन्दी र अन्तर्राष्ट्रिय कारणले देखिएको सम्भावित आर्थिक मन्दीको त्रासले कर्जा असुली प्रभावित भएको बैंकका अधिकारीहरु बताउँछन् । नेपाल बैंकर्स संघका उपाध्यक्ष सुनील केसी रिकभरीमा प्रभाव परेको स्वीकार गर्छन् । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका केसी भन्छन्, ‘विश्व नै मन्दीतिर जाने हो कि भने चिन्ताको प्रभाव कर्जा रिकभरीमा पर्ने नै भयो ।’ तरलता अभाव हुँदा बैंकहरुले लामो समयदेखि नयाँ कर्जा स्वीकृत गरेका छैनन् र धेरै व्यवसायीले आफ्नो सीमासम्मको चालु पूँजी पनि प्रयोग गरिसकेका छन् ।



कोभिड-१९ महामारीका बेला नेपाल राष्ट्र बैंकले चालु पूँजी कर्जाको अतिरिक्त सीमा दिए पनि गत पुसदेखि उक्त सीमा कटौती भएको छ ।अर्कोतर्फ घरजग्गामा लगानी गरेका व्यवसायीलाई कारोबार नहुँदा ब्याज तिर्न नै समस्या पर्न थालेको छ । कोभिड-१९ को महामारीमा कम ब्याजदरमा कर्जा लिएका ऋणीलाई छोटो समयमा ब्याजदर वृद्धि हुँदा किस्ता तिर्न पनि समस्या परेको छ । बाहृय क्षेत्र असन्तुलन नियन्त्रणका लागि आयात र उपभोगमा हुने लगानीमा कडाइ गर्दा बैंकका ऋणीहरुको ध्यान अनौपचारिक क्षेत्रतिर जाने बैंकर्स संघका उपाध्यक्ष केसीको आशंका छ ।



कमेन्ट गर्नुहोस्