लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सुनको भाउ घट्ने क्रम जारी, आज १४ सयले घट्यो

IMG

तिलोत्तमा सिटी न्युज, असार २३ गते २०७९ नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार सुनको मूल्य तोलामा १४ सय रुपयाँले घटेको छ । आज छापावाल सुनको मूल्य ९४ हजार ६ सय रुपैयाँ, तेजावी सुनको मूल्य ९४ हजार १ सय रुपैयाँ र चाँदीको मूल्य ११ सय ८५ रुपैयाँ तोकिएको छ ।


बुधबार प्रतितोला छापावाला सुन ९६ हजारमा कारोबार भएको थियो भने तेजाबी सुन ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । हिजो पनि सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँले घटेको थियो ।


आज चाँदीको भाउ भने सामान्य बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज  ११ सय ८५ रुपैयाँ  रुपैयाँमा कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्