लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नागढुंगा सुरुङमार्गको ५६ प्रतिशत काम सकियो

IMG

तिलोत्तमा सिटी न्युज, असार २३ गते २०७९ । नागढुंगा सुरुङमार्गको मुख्य सुरुङ १३ सय ७७ मिटर खनिएको छ। नागढुंगा सुरुङ निर्माण आयोजनाले हालसम्म ५६ प्रतिशत काम सम्पन्न भएको बताएको हो । २६ सय ८ मिटरको मुख्य सुरुङमार्गको पूर्वबाट ७१ र पश्चिमबाट ६५९ मिटर काम सम्पन्न भएको हो । आकस्मिक सुरुङमार्गको २५ सय ५७ मिटरमध्ये १५ सय ७ मिटर खनिएको छ। पूर्वबाट ८७६ र पश्चिमबाट ६३१ मिटर खनिएको हो । आकस्मिक र मुख्य सुरुङमार्गको लागि आवश्यक पर्ने १२८ मिटर मध्ये ६२ मिटर क्रस प्यासेज सुरुङ खनिएको छ। कुल ५ किलोमिटर ४९९ मिटर सुरुङ खन्नुपर्नेमा ३ किलोमिटर ७२ मिटर सुरुङ खनिएको छ । त्यस्तै सुरुङ भित्र कंक्रिट लाइनिङकको काम १८ प्रतिशत मात्रै सम्पन्न भएको छ। त्यसबाहेक ३ वटा अन्डरपासमा २ वटा सकिएको छ। ४ वटा कल्भर्ट सकिएको छ। १ ओभरपास र ३ वटा पुल निर्माण भएका छन् ।  सडक र सुरुङ जोड्ने फ्लाई ओभरको फाउन्डेसनसँगै जग्गा अधिग्रहणको काम भइरहेको छ ।  आयोजनाको कुल भौतिक प्रगति ३९ प्रतिशत भएको छ भने वित्तीय खर्च ४५.५० प्रतिशत रहेको आयोजना प्रमुख नरेशमान शाक्यले जनाएका छन्।

कमेन्ट गर्नुहोस्