लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

न्युजिल्यान्डको जानेलोभमा ६३ लाख ठगी गरेको आरोपमा युवती पक्राउ

IMG

तिलोत्तमा सिटी न्युज, असार २२ गते २०७९। न्युजिल्यान्ड पठाइदिन्छु भन्दै ९ जनालाई ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुढानिलकण्ठ नगरपालिका-३ बस्ने २७ वर्षीय शोभा पौडेललाई पक्राउ गरेको प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए। उनले सिन्धुली दुधौली नगरपालिका-१ बँका घर भई काठमाडौंको तीनकुने बस्ने ३१ वर्षीय नारायण बोगटीसहित ९ जनालाई ठगी गरेको आरोप छ।उनले प्रत्येक व्यक्तिलाई १२ लाख ५० हजार रुपैयाँ लाग्छ, त्यहाँ पुगेर प्रतिष्ठित कृषि कम्पनीमा फ्रुट किपिङको काममा लगाइदिन्छु भनेकी थिइन्। मासिक एक लाख ७० हजार तलब हुने भन्दै प्रलोभनमा पारी उनी ६३ लाख २० हजार रकम लिएर सम्पर्कबिहीन भएको भन्ने उजुरी परेको थियो। वैदेशिक रोजगार विभागबाट कार्यालयलाई पत्राचार गरेपछि प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो। प्रहरीले उनलाई विभागमा बुझाएको छ। 

कमेन्ट गर्नुहोस्