लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट नै बाँड्नु पर्छ : गृह मन्त्री खाण

IMG

तिलोत्तमा सिटी न्युज, असार १७ गते २०७९।  गृह मन्त्री बालकृष्ण खाणले सामाजिक सुरक्षा भत्तालाई बैंकिङ प्रणालीमार्फत नै वितरण गर्नुपर्ने बताउनुभएको छ ।आज शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल’ मा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले बैंकिङ प्रणालीमार्फत नगर्दा भत्ता दिएबापत सरकारले नभइ व्यक्तिले जस लिने गरी दुरुपयोग हुने उहाँले बताउनुभयो । 


मन्त्री खाणले सात सय ५३ वटा पालिकामध्ये सात सय ५२ वटा पालिकामा बैंक पुगेको र बाँकी एउटा पालिकामा पनि यही असार मसान्तसम्ममा पुग्ने जानकारी दिनुभयो ।बैठकमा बोल्दै नेकपा एमालेकी सांसद विमला विकले कुमारी आमाहरूलाई पनि एकल महिलाको रूपमा लिइ सामाजिक सुरक्षा भत्ता दिनुपर्ने बताउनुभयो । उहाँले कुमारी आमाहरू सामान्य महिलाको जस्तो जीवनमा फर्किन कठिन हुने भन्दै उनीहरूलाई सामाजिक सुरक्षा भत्ता दिनुपर्नेमा उहाँले जोड दिनुभयो । 

कमेन्ट गर्नुहोस्