लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राज्यमन्त्रीले भने–भारतले बक्यौता नतिरे तेल दिन्न भनेको छ, निगम भन्छ–जानकारी छैन

IMG

तिलोत्तमा सिटी न्युज, असार १७ गते २०७९। प्रधानमन्त्री कार्यालयका विना विभागीय राज्यमन्त्री उमेश श्रेष्ठले भारतले तेल खरिदबापतको बक्यौता नतिरे तेल आयात रोक्ने चतावनी दिएको बताएका छन् । शुक्रबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा राज्यमन्त्री श्रेष्ठले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले आफूलाई यस्तो जानकारी दिएको बताएका हुन् । ‘अघि भर्खर म उद्योगमन्त्री ज्यूसँग भेटेर आएँ,’ उनले भने, ‘२३ अर्ब रुपैयाँ तिर्न नसके हामी तेल दिन्नौं भनेर भारतले भनिरहेको छ ।’तर, नेपाल आयल निगमले भने बक्यौता नतिरे तेल बिक्री रोक्ने भन्ने कुनै आपचारिक जानकारी नभएको जनाएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्ययले यस्तो कुरा पहिलो पटक सुनेको बताए । निगमलाई अहिले कुल २३ अर्ब रुपैयाँ घाटा छ । निगमले विभिन्न स्रोतबाट रकम जुटाएर पैसा तिरिरहेको छ । ‘तेल रोक्ने खालको कुनै पनि यस्तो जानकारी हामीलाई छैन,’ उपाध्ययले भने, ‘भारतीय पक्षबाट यस्तो जानकारी आउने भए नेपाल आयल निगमलाई कुनै न कुनै हिसाबले जानकारी हुन्थ्यो ।’ भ्याट फिर्ता, बैंकबाट लिने ऋणको प्रक्रिया अघि बढेको र नियमित बिक्रीबाट आउने रकमबाट भारतीय आयल निगमको भुक्तानी नियमित गरिरहेको प्रवक्ता उपाध्ययको भनाइ छ ।



कमेन्ट गर्नुहोस्