लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मास्क मात्रै आयो,बर्षमा १ अर्ब २३ करोडको

tillotmacitynews - 2022 Jun 30 05:08 PM
IMG

तिलोत्तमा सिटी न्युज, असार १६ गते २०७९। कोरोना भाइरस (कोभिड-१९) महामारी नियन्त्रणउन्मुख भएपछि चालु आर्थिक वर्षमा नेपालमा हुने मास्कको आयातमा कमि आएको छ । तर, मास्क आयातको परिमाण भने सानो छैन ।नेपालले चाल आर्थिक वर्षको ११ महिना (साउन–जेठ)को अवधिमा मात्रै १ अर्ब २२ करोड ७१ लाख रुपैयाँको मास्क आयात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार यो अवधिमा १४ करोड ९७ लाख ६० हजार गोटा मास्क नेपाल भित्रिएको छ । यसबाट सरकारले ८ करोड ५२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।मास्क आयात गतवर्षको यसै अवधिको तुलनामा कम हो । गत वर्षको ११ महिनामा २ अर्ब ४ करोड ७२ लाख मूल्यको २४ करोड २९ लाख गोटा मास्क आयात भएको थियो ।


चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालबाट ११ लाख ८९ हजार गोटा मासक निर्यात पनि भएको छ । करिब १० लाख ८१ हजार मूल्यको मास्क निर्यात भएको हो । मास्कमा मात्रै नेपालको व्यापार घाटा १ अर्ब २२ करोड ७० लाखभन्दा बढी छ ।गत वर्ष यसै अवधिमा नेपालबाट ४ करोड २१ लाख मूल्यको ११ लाख ९१ हजार मास्क निर्यात भएको थियो ।कोरोना महामारी सुरु भएपनि नेपालमा मास्कको आयात ह्वात्तै बढेको थियो । नेपालमै पनि मास्क उत्पादन हुन थाले पनि विदेशबाट हुने मास्क आयात अपेक्षा अनुसार घटन नसकेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।नेपालमा चीन, भारत, दक्षिण कोरिया, बंगलादेश, अमेरिका, बेलायत, थाइल्यान्ड, स्वीटजरल्यान्ड लगायतका देशबाट मास्क आयात हुने गरेको छ ।यो वर्ष ११ महिनाको अवधिमा फेस मास्क उत्पादन गर्ने २१ वटा मेसिन नेपाल भित्रिएको छ । ३ करोड २४ लाख ३६ हजार मूल्यका मेसिन आयात भएको देखिन्छ ।


कमेन्ट गर्नुहोस्