
तिलोत्तमा सिटी न्युज, जेष्ठ १३ गते २०७९। प्रतिनिधि सभामा भाेलि शनिवार आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण पेस हुने भएको छ । बैठक भाेलि बिहान ११ बजेका लागि बाेलाइएकाे छ । बैठकमा आज शुक्रवारका लागि नै आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण पेस हुन पाएन ।
आउँदा आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभन्दा अघि नै आर्थिक सर्वेक्षण पेस गर्नुपर्ने व्यवस्था छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यक्रम छ ।
यही जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले आउँदाे आर्थिक वर्षकाे बजेट पेस गर्नुहुनेछ । गणतन्त्र दिवसको दिन पारेर नै बजेट पेस गर्ने गरी संविधानमा नै व्यवस्था गरिएको छ ।
कमेन्ट गर्नुहोस्