लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

घराना आँटामा अखाद्य चिज मिसावट छैन, ग्राहकले ढुक्क भएर खान सक्नुहुन्छ : संचालक गोयन्का

IMG

तिलोत्तमा सिटी, चैत्र ३० गते २०७८।गुल्मीको एक स्थानबाट एकाएक एउटा भिडियो सार्बजनिक भएपछी घराना आँटाले बिज्ञप्ति नै निकाल्नु पर्यो। एउटा छुट्टै ब्राण्ड बनाइसकेको घरानाले आफ्नो उत्पादनको बारेमा भएको नकारात्मक कुरा चिर्न खाद्ध प्रबिधि तथा गुण नियन्त्रण कार्यालयदेखि नेपाल मैदा उद्योग संघसम्मको प्रेस बिज्ञप्ति आयो।  गुल्मीका एकजना पुरुषले बनाएको सो भिडियोमा आँटाको गुणस्तर माथि प्रश्न उठेपछि उत्पादक घराना फुड्सका संचालक बिकाश गोयन्काले सो भिडियोमा देखाएको कुरा भ्रम भएको र घराना पिठो ग्राहकको लागि बरदान साबित भएको र कुनै पनि अखाद्य सामग्री नमिसाइएको स्पस्ट पार्नुभएको छ। 


गंहुमा प्राकृतिक रुपमै ग्लुटन नामक पौष्टिक तत्व पाइने र त्यहि तत्वका कारण पिठो नचुड़ने, नभाँचिने भएकाले सो रोटी खाँदा स्वास्थ्यमा कुनै पनि असर नपुग्ने संचालक गोयन्काको भनाई छ।  उहा भन्नुहुन्छ : "हामी उद्योगमा घराना आँटा उत्पादन गर्न सबै किसिमका प्रक्रिया पुरा गरि स्वास्थ्य मापदण्डमा आधारित रही खाद्ध प्रबिधि तथा गुण नियन्त्रण कार्यालयको समन्वयमा उत्पादन गर्छौ, हामी ग्राहकको स्वास्थ्यप्रति सधै सचेत छौ , ढुक्क भएर घराना आँटा प्रयोग गर्नुस। " त्यसो त भिडियोमा आएको कुरा बास्तबिक भएको बताउदै उहाँले गहुमा भएको त्यहि खाद्द तत्वले गर्दा रोटी मिठो हुने र मोडिने अनि नभाँचिने भएको बताउनुभयो। 


ढुक्क भएर आफ्नो उत्पादन प्रयोग गर्न आग्रह गर्दै ग्राहकको सेवा र सुबिधाको लागि गोयन्का सदैब विश्वासिलो र चनाखो भएकाले आफ्नो उत्पादनतर्फ़ कुनै पनि नकारात्मक प्रभाव नरहेको घराना फुड्सका संचालक बिकाश गोयन्काले बताउनुभयो।



कमेन्ट गर्नुहोस्