
तिलोत्तमा सिटी,चैत्र २३ गते २०७८। ६५औं राष्ट्रिय सहकारी दिवस कार्यक्रम सैनामैनामा सम्पन्न भएको छ। मर्यादित ब्यबसाय र प्रबिधिमा सहकारी भन्ने मुल नाराका साथ रुपन्देही जिल्ला भरीका बिषयगत संघहरु,सहकारी बैंक हरु सहकारी अभियन्ताहरुको भब्य उपस्थितिमा जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम प्रसाद तुलाचनको अध्यक्षतामा सहकारी दिवस भव्यताका साथ् सम्पन्न भएको जिल्ला सहकारी संघ रुपन्देहीकि सचिव टिका न्यौपानेले बताउनुभयो।
सैनामैना नगरपालिकाका नगर प्रमुख चित्रबहादुर कार्कीको प्रमुख आतिथ्यता ,उपप्रमुख बिना रानाको बिशिस्ट आतिथ्यता ,राष्ट्रिय सहकारी बिकास बोर्डका सन्चालक सन्दीप सापकोटा ,राष्ट्रिय सहकारी बैंकका कार्यकारी प्रमुखको कार्यपत्र प्रस्तुतीकरण सहित विभिन्न सहकारीका अध्यक्ष संचालक र कर्मचारीको उपस्थितिमा सम्पन्न सो कार्यक्रममा सहकारीले देशलाई समृद्ध बनाउन खेलेको भूमिका र उत्पादनशील ग्रामिण तथा सहरी बिकासका बारेमा चर्चा परिचर्चा गरिएको थियो। विभिन्न विधामा उत्कृस्ट कार्य गर्ने सहकारी तथा व्यक्तिलाई सम्मान गरिएको सहकारीको सो कार्यक्रमको संचालन संस्थाकी सचिव टिका न्यौपानेले गर्नुभएको थियो।
कमेन्ट गर्नुहोस्