
२०७८ चैत ६, तिलोत्तमा सिटी । नेप्से परिसूचक १४ दशमलव ६७ अंकले घटेर २ हजार ६ सय १६ अंकमा झरेको हो । उता क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ०१ अंकले घटेको छ ।नेप्से परिसूचक घटेसँगै कारोबारमा पनि धेरै वृद्धि देखिएन । दिनभर भएका ३५ हजार २१२ कारोबारबाट २२४ कम्पनीका ४२ लाख ८७ हजार ५६९ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २ अर्ब २७ करोड ४६ लाख २६ हजार १९१ रुपैयाँमा रोकिएको छ ।
कमेन्ट गर्नुहोस्