लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घट्यो

IMG

 २०७८ फागुन ३० , तिलोत्तमा सिटी ।   नेपाली बजारमा आज  सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको छ । हिजो तोलाको एक लाख दुई हजार आठ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ५ सय रुपैयाँले घटेर एक लाख दुई हजार तीन सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर तोलाको १ हजार ४ सय १५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजार अस्थिर रहेकाले अहिले पर्ख र हेरको अवस्थामा रहेको व्यवसायीले बताएका छन् । 

कमेन्ट गर्नुहोस्