लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अन्नपूर्ण केबलकार चैत १ गते बाट बिहान ५ बजेदेखि नै सञ्चालन हुने

IMG

 २०७८ फागुन ३० , तिलोत्तमा सिटी ।  पोखराको अन्नपूर्ण केबलकार अब बिहान ५ बजेदेखि नै सञ्चालनमा आउने भएको छ ।  १ चैत्रदेखि बिहान ५ बजेदेखि सेवा सञ्चालनमा ल्याउने कम्पनीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । केबलकारका महाप्रबन्धक दिनेश पौड्यालका अनुसार पोखरा महानगरपालिका–१८ को सेदीबगरमा निर्माण भएको अन्नपूर्ण केबलकार बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालनमा आउने भएको छ। 


बिहानी सेवा सञ्चालनसँगै पयर्टकहरुले सूर्योदय र तथा साँझ सूर्यास्तसम्मको अवलोकन गर्न सक्नेछन् । केबलकार गत ६ फागुनदेखि नै सञ्चालनमा आएको हो । अन्नपूर्ण केबलकारको दुरी सेदीबगरदेखि सराङकोटसम्म दुई हजार ४०० मिटर रहेको छ । सेदीबगरदेखि सराङकोटसम्म लामो समय लाग्ने सडक यात्रालाई केवल नौ देखि १० मिनेट भित्रमा नै पार गर्न सकिने बनाएको छ । १७ वटा गोन्डोला रहेको र एउटा गोन्डोलामा आठ जनासम्म बसेर सयर गर्न सकिनुका साथै एक घण्टामा ५ सय जनासम्मले यात्रा गर्न सकिने बताइएको छ ।


कमेन्ट गर्नुहोस्