
२०७८ फागुन २६ , तिलोत्तमा सिटी । शेयर बजार परिसूचक नेप्से आज ५२ दशमलव २१ अङ्कले बढेर दुई हजार पाँच सय ६६ दशमलव ७९ विन्दुमा पुगेको छ ।आज अन्यबाहेक सबै समूहको शेयर बढेकोमा बीमा, विकास बैंक, फाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले बढेको छ ।आज दुई सय २६ वटा कम्पनीका ५६ लाख १० हजार कित्ता शेयर दुई अर्ब ७९ करोड १८ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै अपी पावर कम्पनीको १६ करोड ६५ लाख रुपैयाँको शेयर किनबेच भयो ।आज इमर्जिङ नेपाल हाइड्रोको शेयर १० प्रतिशतले तथा कर्णाली विकास बैंक, नेपाल हाइड्रो र प्रोग्रेसिभ फाइनान्सको शेयर साढे आठ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । समग्र बजार बढे पनि माउन्टेन इनर्जी नेपालको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।
कमेन्ट गर्नुहोस्