
२०७८ फागुन २५ , तिलोत्तमा सिटी । नेपाली बजारमा सुनको मूल्य अहिले सम्मकै उच्च बिन्दुमा पुगेको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यो अघिल्लो दिनको तुलनामा २५ सय रुपैयाँ प्रतितोला बढेको सुनको मूल्यमा रुस-युक्रेन युद्धको प्रत्यक्ष प्रभाव देखिएको छ । तेजावी सुनको मूल्य भने १ लाख ५ हजार रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।चाँदीको मूल्य बुधबार १४५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा ४० रुपैयाँले बढेको हो । सुनको मूल्य यसअघि १ लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेर फर्किएको थियो ।
कमेन्ट गर्नुहोस्