लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

टुगा आस्था सहकारी महिला सदस्य भेला सम्पन्न

IMG

तिलोत्तमा सिटी,फागुन २५ गते २०७८। टुगा आस्था बिकास बचत तथा ऋण सहकारी संस्था ओमसतियाले महिला उपसमितिको संयोजनमा ११२औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला सदस्य भेला सम्पन्न गरेको छ I तिलोत्तमा-१५ कोटिहवा स्थित मगर भवनमा सम्पन्न सो कार्यक्रममा महिला उपसमिति संयोजक तथा संचालक लक्ष्मी देवी के.सी.को अध्यक्षता, लुम्बिनी प्रदेश बचत सहकारी संघको संचालक तथा महिला उद्धमी फुल कुमारी गिरि (सीमा) को प्रमुख आतिथ्यता, संस्था अध्यक्ष डी.बि.थापा एवम् नारी बिकास संघ ओमसतिया अध्यक्ष शिव कुमारी मल्लको विशिष्ट आतिथ्यता रहेको थियो। भेलामा संस्थाका सफल व्यवसायी महिला सदस्यहरु अनिता शर्मा (शुभओम इम्पोरियम कोटिहवा), मनिता गुरुङ (मनिता ब्युटीपार्लर कोटिहवा), धनमाया ढेंगा (ढेंगा जनरल स्टोर ठुटीपिपल), सरिता छेत्री (समा ब्युटीपार्लर ठुटीपिपल) र धनसरा गुरुङ (न्युस्टार ब्युटी ट्रेनिंग सेन्टर ठुटीपिपल) लाइ सम्मान गरिएको थियो I 


३३ जना जेष्ठ नागरिक महिला सदस्यलाइ सम्मान पेन्सन सहित मह उपहार वितरण गरिएको र  ४० जना उत्कृष्ट नारि बचतकर्ता महिला सदस्यलाइ सल ओढाएर सम्मान गरिएको छ। प्रमुख अतिथि गिरिले नेपालमा महिला वर्गको लागि दुइ किसिमको बिधि बिधानले महिलाहरु प्रभावित भएको बताउदै कानूनले थुप्रै अधिकारको ग्यारेन्टी गरेता पनि परम्परागत संस्कार र प्रथाले महिला सशक्तीकरणमा बाधा पारेको बताउनु भयो I हाम्रो समाजमा बाबुआमाले सानैदेखि छोरा र छोरीमा गरिने व्यवहारले नै विभेदकारी मानसिकता बोकाउने भएकोले महिला पछाडी पर्ने गर्छन भन्ने विचार राख्दै अब महिलाले आफ्नै घरबाट छोरीबुहारीलाइ सशक्त बनाउदै लैजानु पर्ने बताए I 


महिला वर्ग अब चुलोचौकोमा मात्र सिमित नभई उद्धम गर्ने सोच बनाउन आव्हान गर्दै कुनै पनि काम सानोठुलो नहुने कुरा बताउदै आफुले गरेको व्यवसायको बारे संक्षेपमा बताउदै नयाँ सोच राखेर व्यवसाय गर्दा धरै फलदायी हुने विचार राखे I कुनै पनि उद्धम गर्न अरु वित्तीय संस्थाभन्दा सहकारी उपयुक्त रहेको घटना सहित वर्णन गर्नु भएको थियो। अध्यक्ष थापाले संस्थाको संक्षिप्त परिचय सहित संस्थाले सदस्य लक्षित निरन्तर कार्यक्रमहरु गर्दै आइरहेको सन्दर्भमा यो महिला दिवसको अवसरमा महिला सदस्य केन्द्रित गरि विशेष कार्यक्रम आयोजना गरेको बताउदै हामि सबैले सुनेर हेरेर आफ्नो जीवनमा व्यवहार परिवर्तन ल्याउन सकियो भने नारी दिवसको सार्थकता हुने विचार व्यक्त गर्नु भयो I 


आयोजक संस्थाले महिला दिवसको अवसरमा विविध कार्यक्रम राखेर मलाइ बोलाएर केहि सिक्ने पाएकोले धन्यबाद व्यक्त गर्दै संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे I दिवसको उपलक्ष्यमा प्रमुख सल्लाहकार तारा प्रसाद छन्तेल, सल्लाहकार धनमाया गुरुङ, उपाध्यक्ष परसुराम बाँस्तोला, संचालक शशीकला गुरुङ, रानुका भण्डारी, कमला भण्डारीले सम्पूर्ण महिला वर्गलाइ शुभकामना व्यक्त गर्नु भएको थियो। महिला उपसमिति सदस्य रेखा खनालको स्वागत मन्तव्य र कार्यक्रम संचालन उपसमिति सदस्य चन्द्रावती रायमाझीको रहेको थियो I



कमेन्ट गर्नुहोस्