लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

यस्तो छ आज नेपाली बजारमा सुनको मूल्य

IMG

२०७८ फागुन २३ , तिलोत्तमा सिटी ।  आज पनि नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ ।  आज तोलामा ११ सय रुपैयाँले बढेर सुन एक लाख तीन हजार रुपैयाँमा पुगेको छ ।यसअघि पोहोर साउन महिनामा सुनको भाउ बढेर एक लाख तीन हजार ५ सय रुपैयाँसम्म पुगेको थियो ।  अहिले फेरि रुस र युक्रेनको युद्धका कारण विश्व बजारमा असर पर्न थालेको छ । यसपालि भाउ बढेर नयाँ रेकर्ड बन्ने सम्भावना रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनु भएको छ ।उहाँका अनुसार सुनको भाउ अझै बढ्ने सम्भावना छ । यस्तै, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १४ सय २५ रुपैयाँमा पुगेको छ ।

                                                                

कमेन्ट गर्नुहोस्