लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कच्चा तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा १४ वर्षयताकै उच्च बिन्दुमा

IMG

२०७८ फागुन २३ , तिलोत्तमा सिटी । कच्चा तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा १४ वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । सोमबार ब्रेन्ट क्रुडको प्रतिब्यारेल मूल्य १३० डलर पुगेको आर्थिक डिजिटल पत्रिका ब्लुमबर्गले जनाएको छ । जुन सन् २००८ पछिकै उच्च बिन्दु हो ।रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि कच्चा तेलको मूल्य निरन्तर बढिरहेको छ । विश्वको तेस्रो ठूलो पेट्रोलियम उत्पादक कम्पनी रुसविरुद्ध पश्चिमा मुलुकहरुको प्रतिबन्धहरु कडा हुँदै जाँदा तेलको मूल्यमा उच्च वृद्धि देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।





कमेन्ट गर्नुहोस्