लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

यस्तो छ आज नेपाली बजारमा सुनको मूल्य

IMG

२०७८ फागुन २२ , तिलोत्तमा सिटी ।  सुनको भाउ एक लाख रुपैयाँ नाघेको छ ।  नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज एकैदिन तोलामा दुई हजार रुपैयाँले बढेर सुन एक लाख एक हजार ९ सय रुपैयाँमा पुगेको छ ।शुक्रबार सुनको भाउ ९९ सय हजार ९ सय रुपैयाँ थियो ।  हिजो शनिवार भएकाले सुनको मूल्य निर्धारण गरिएको थिएन । सुनको भाउ अझै बढ्न सक्ने महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । रुस र युक्रेनको युद्धका कारण सुनको भाउ बढेको हो ।यस्तै, आज चाँदीको भाउ पनि बढेको छ ।तोलामा ३५ रुपैयाँले बढेर चाँदीकाे भाउ १४ सय १५ रुपैयाँमा पुगेको महासङ्घले जनाएको छ ।

कमेन्ट गर्नुहोस्