लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेप्से परिसूचक तीन दशमलव ६६ अङ्कले घट्यो

IMG

२०७८ फागुन २२ , तिलोत्तमा सिटी ।   नेप्से परिसूचक आज तीन दशमलव ६६ अङ्कले घटेर दुई हजार पाँच सय ४३ दशमलव ३९ विन्दुमा झरेको छ । आज होटल, बैंकिङ, विकास बैंक र अन्य समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ । आज दुई सय ३० वटा कम्पनीका ५१ लाख ३९ हजार कित्ता शेयर दुई अर्ब ४९ करोड ३२ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १५ करोड २२ लाख रुपैयाँको शेयर किनबेच भयो । आज रिलायन्स लाइफ इन्सोरेन्स कम्पनीको शेयर साढे पाँच प्रतिशतले घटेको छ ।शिवम् सिमेन्टको शेयर मूल्य सात प्रतिशतभन्दा धेरैले घटेको छ ।  समग्र बजार घटे पनि मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर झन्डै आठ प्रतिशतले बढेको छ । 


कमेन्ट गर्नुहोस्