लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सुनको भाउ तोलामा एकै दिन १९ सय रुपैयाँले बढ्यो

IMG

२०७८ फागुन १८ ,तिलोत्तमा सिटी । नेपाली बजारमा सुनको भाउ आज उकालो लगेको छ  । सुनको भाउ तोलामा एकै दिन १९ सय रुपैयाँ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार  आज सुनको भाउ ९९ हजार ५ सय रुपैयाँमा पुगेको छ । हिजो सुनको भाउ ९७ हजार ६ सय रुपैयाँ थियो । रुस र युक्रेनबीच भइरहेको युद्धको प्रभाव सुनको बजारमा पनि परेको छ । सुनमा गरिएको लगानीलाई सुरक्षित मानिने हुँदा संकट परेका बेला धेरैले सुनमा लगानी गर्छन् । यसले गर्दा सुनको माग बढी हुन्छ । यसको असर बजारमा पर्ने महासंका पूर्व अध्यक्ष तेजरत्न शाक्य बताउनु हुन्छ । यस्तै, आज चाँदी पनि तोलामा ४० रुपैयाँले बढेर १३ सय ७५ रुपैयाँ पुगेको छ ।

कमेन्ट गर्नुहोस्