
२०७८ फागुन १३, तिलोत्तमा सिटी । आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक हजारले घटेर ९८ हजार तोकिएको छ । पहेँलो धातुको अघिल्लो दिन प्रतितोला ९९ हजारमा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार पाँच सय तोकिएको छ । बिहीबार यसको मूल्य प्रतितोला ९८ हजार पाँच सय थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० ले घटेर एक हजार ३३५ पुगेको महासङ्घले जनाएको छ ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९१४ डलर आसपास कारोबार भइरहेको छ ।
कमेन्ट गर्नुहोस्