लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एकैदिन तोलामा २ हजार पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य

IMG

२०७८ फागुन १२,तिलोत्तमा सिटी। नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ।   सुनको मूल्य एकैदिन तोलामा २ हजार पाँच सय रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।   नेपाली बजारमा आज  बिहीबार सुनको मूल्य ९९ हजार रुपैयाँ तोकिएको छ ।यस्तै तेजावी सुनको आजको कारोबार मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ भने चाँदी पनि तोलामा ३५ रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँ पुगेको छ । बुधबार तेजावी सुनको मूल्य तोलामा ९६ हजार रुपैयाँ थियो भने चाँदी १३ सय २० रुपियामा कारोबार भएको थियो ।

कमेन्ट गर्नुहोस्