
२०७८ फागुन ११,तिलोत्तमा सिटी। नेपाली बजारमा सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ ।मंगलबार तोलामा ८ सय रुपैयाँले बढेर ९७ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज ९६ हजार पाँचसय रुपैयाँमा झरेको छ ।तेजावी सुनको मूल्य ९६ हजार रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १३ सय २० रुपैयाँ पुगेको छ । मंगलबार प्रतितोला १३ सय १५ रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।
कमेन्ट गर्नुहोस्