लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आज नेपाली बजारमा सुनको भाउ यस्तो छ

IMG

२०७८ फागुन १०,तिलोत्तमा सिटी। नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ।  मंगलबार तोलामा ८ सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य ९७ हजार रुपैयाँ कायम भएको छ ।आज तेजावी सुनको खरिद बिक्री मूल्य ९६ हजार पाँच सय रुपैयाँ तोकिएको  नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १३ सय १५ रुपैयाँ पुगेको छ । सोमबार प्रतितोला १३ सय रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।२४ कात्तिक २०७७ मा सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

कमेन्ट गर्नुहोस्