
२०७८ फागुन ९ ,तिलोत्तमा सिटी । नेपाली बजारमा सुनको भाउ सोमबार प्रतितोलामा ४०० रुपैयाँको दरले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९६ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैँयामा कारोबार भएको थियो ।यसैगरी, सोमबार तेजावी सुनको भाउ तोलाको ९५ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य भने पाँच रुपैयाँले घटेको छ । आइतबार एक हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।
कमेन्ट गर्नुहोस्