
२०७८ फागुन ८ ,तिलोत्तमा सिटी । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ३९ दशमलव ४० अंकले घटेर २ हजार ६९३ दशमलव १० अंकमा झरेको छ ।‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.९९ अंकले घटेर ५१३.६४ अंकमा झरेको छ । नेप्से परिसूचक सुस्ताउदा कारोबार रकममा पनि उल्लास देखिएन । दिनभर भएका ५७ हजार कारोबारबाट २३० कम्पनीको ७१ लाख २२ हजार २९९ कित्ता सेयर किनबेच भएका छन् ।कारोबार रकम ४ अर्ब ८ करोड ६४ लाख ७४ हजार ८२८ रुपैयाँ भएको छ । कारोबार रकमका आधारमा आइतबार सबैभन्दा धेरै जीवन विकास लघुवित्त वित्तीय संस्था देखिएको छ । ७० प्रतिशत बोनस सेयर घोषणा गरेपछि यो संस्थामा लगानीकर्ताहरूको आकर्षण देखिएको हो ।
कमेन्ट गर्नुहोस्