
तिलोत्तमा सिटी, फाल्गुण ७ गते २०७८। नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेशकुमार हमालले पद तथा गोपनीयताको सपथ लिएका छन् । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार बोर्डका नवनियुक्त अध्यक्ष हमाललाई शपथ ग्रहण गराएका हुन् ।सपथ ग्रहणको क्रममा अर्थमन्त्री शर्माले पूँजी बजारलाई सुधारका लागि कसैको प्रभावमा नपरी स्वतन्त्र भएर काम गर्न हमालसँग आग्रह गरे ।‘पूँजीबजार सुधारका लागि धेरै बाँकी कामहरू रहेछन्’, मन्त्री शर्माले भने, ‘तपाईं यसमा कसैको प्रभावमा नपरी काम गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’उनले धितोपत्र बोर्ड र नेप्सेबीचको अन्तरसम्बन्धलाई नियमनकारीको भूमिका र व्यवहारिक रूपमा पनि सुदृढ गर्नुपर्ने आवश्यकता रहेको बताए । त्यसका लागि अध्यक्ष हमालप्रति सफलताको शुभकामना पनि उनले व्यक्त गरे ।
कमेन्ट गर्नुहोस्