लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सुनको मूल्य तोलामा १ हजारले बढ्यो

IMG

२०७८ फागुन ५, तिलोत्तमा सिटी।  नेपाली बजारमा आज  फेरि सुनको भाउ उकालो लागेको छ।  आज तोलामा सुन एक हजार रुपैयाँले बढेर ९६ हजार एक सय रुपैयाँमा पुगेको छ।हिजो भने तोलामा सुन १६ सय  रुपैयाँले घटेको थियो ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउमा उतारचढाव आएकाले नेपाली बजारमा पनि भाउ घटबढ भएको हो।आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


कमेन्ट गर्नुहोस्